मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा एकैदिन १ सय ८१ जना डिस्चार्ज भएका छन् । यो संगै जिल्लामा अब सक्रिय संंक्रमितको संख्या ७ सय ८९ पुगेको छ ।
मंगलबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना नियन्त्रण फोकल पसर्न उमेश घिमिरेले जानकारी दिनुभयो ।
यस्तै मंगलबार थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ११ निवासी ५५ बर्षीया महिलाको संक्रमणबाट ज्यान गएको हो । योसंगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८० पुगेको छ ।
प्रतिक्रिया