७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बाँकेमा एकैदिन थप सात सङ्क्रमितको मृत्यु



बाँके ।
कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।

जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ । ओलीका अनुसार मृतकमध्ये दुईरदुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एकरएक गरी सात जना छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ४ : ३७ बजे