काठमाडौं ।
लागुऔषध चरेससहित प्रहरीले बर्दियाबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका-६ का २६ वर्षीय कमल विश्वकर्मा, ३२ वर्षीय कालीबहादुर चदारा र बढैयाताल गाउँपालिका-८ का ४८ वर्षीय बलबहादुर कामी छन्।
इलाका प्रहरी कार्याय मैनापोखरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार चरेससहित पक्राउ गरेको हो ।
बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनीहरूको साथबाट ६९४ ग्राम चरेस बरामद गरिएको छ ।
‘कालो रंगको झोलामा प्लाष्टिकमा लुकाएर राखेको चरेस बरामद भएको छ,’ कार्कीले भने, ‘पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ।’
बर्दिया प्रहरीले जिल्लामा लागुऔषध कारोबार र प्रयोगविरूद्ध कारबाहीको अभियान नै चलाएको छ।
प्रतिक्रिया