मायादेवी अनलाइन, चारनम्बर ।
लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले नेपालमा अहिले आयातमुखी अर्थतन्त्रले गर्दा नेपालीहरुमा पर निर्भरता बढाएको बताएका छन् ।
बिदेशी मुद्रालाई सञ्चित गरी रेमीटान्सलाई कृषि, पशुपालन र उत्पादनका क्षेत्रमा लगानी गरी युवालाई स्वदेशमा नै व्यवसायिक र प्रबिधियुक्त सीपका माध्यमबाट आकर्षण गर्न सके देश आर्थिक रुपमा बलियो हुने सांसद पन्थीले बताएका छन् ।
आइएफइएस् र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यका संचालित सुशासनका लागि युवा कार्यक्रम अन्र्तगत शनिबार आयोजना गरिएको सरोकारवाला बिच भर्चुअल संवाद कार्यक्रमका बक्ता सांसद पन्थीले सो कुरा बताएका हुन् ।
सांसद पन्थीका अनुसार युवालाई रोजगारमा जोड्दा, उत्पादन बढ्छ, उत्पादन बढ्दा उपभोग दर बढ्छ उपभोग दर बढेपछी युवारुमा स्वरोजगारको भावना जागृत हुन्छ ।
इजरायल जस्ता मरुभूमि राष्ट्रहरुले युरोपमा आफ्नो उत्पादन सप्लाई गर्छन तर हाम्रो जस्तो हावा पानी र माटो सुहाँउदो देश आयातमुखी हुनु बिडम्बना रहेको बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले युवाहरुलाई रोजगार, स्वरोगार र आयआर्जन तर्फ उन्मुख गराउन सके देशको अर्थतन्त्र बलियो हुने बताएका छन् ।
यसै गरी कार्यक्रमा अर्का बक्ता बाणगंगा नगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा वडाध्यक्ष सोमनाथ अर्यालले बाणगंगा नगरपालिकाले कृषि क्षेत्रलाई यान्त्रिकरण र बैज्ञानिकीकरण गर्ने कार्यमा जोड दिएको बताएका छन् ।
अहिले नगरपालिकामा करिव ३०० वटा कृषि, पशुपालन र व्यवसायिक समुहहरु आवद्ध भई स्वरोजगारमुलक कार्यमा लागेको बताएका छन् । अहिले युवामा तरकारी खेती, माछापालन, कुखुरापालन, वंगुर पालन र गाईपालन तर्फ आकर्षण बढेको बताएका छन् । नगर अव आउने निति, कार्यक्रम तथा बजेट युवा मैत्री बनाउन आफुले पहल गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानुराम पन्थीले जिल्ला निर्वाचन कार्यालयले अहिले बार्षिक रुपमा १७ वटा बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई निर्वाचन शिक्षा र मतदाता शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरिरहेको बताएका छन् । आगामी दिनमा कलेजस्तरमा पनी सो कार्यक्रम संचालन गर्ने सोंचमा रहेको बताए । उनले आयोन जस्तो संस्थासँग पनी आफुहरुले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
सहभागीहरुले सोधेको जिज्ञासाको जवाफमा जिल्ला निर्वाचन अधिकारीले भनेका छन् आगामी निर्वाचनका बेला मतदाता शिक्षालाईलाई प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यकर्ताहरुलाई सबै टोल र घर घरमा पुग्ने गरी स्थानिय भाषी र युवाहरुलाई परिचालन गरिने बताएका छन् । निर्वाचनलाई निस्पक्ष र भय रहित बनाउन राजनितिक दल, पत्रकार, संघ सस्था र सरोकारवाला सबैसँग बसेर छलफल गर्ने र आचार संहितालाई कडाईका साथ लागु गरिने बताएका छन् ।
कार्यक्रम बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुमा उपाध्यक्ष हरी अधिकारीले सामाजिक संजाल, अनलाइन मिडिया, छापा तथा एफ.एम् रेडियोहरुले सही र सत्य सथ्य सूचना प्रकाशन तथा प्रशासरण गर्नुपर्ने बताएका छन् साथै अहिले मिडियामा युवाहरुको आकर्षण बढ्दै गएकाले उनीलाई व्यवसायिक बन्न आग्रह गरेका छन् ।
कार्यक्रम अर्का बक्ता तथा युवा नेता गोपालमणी ज्ञवालीले अहिलेको राजनितिक घटना क्रमले गर्दा युवाहरुमा राजनीति प्रति नैराश्यता र बितृष्णा जाग्दै गएको बताएका छन् । जवसम्म राजनितिमा पुस्तान्तरण र हस्तान्तरण हुँदैन तवसम्म युवाहरुमा राजनिति प्रतिको आकर्षण घट्दै जाने बताएका छन् ।
कार्यक्रममा सहभागीका तर्फबाट आशिष पौडेल, सागर पौडेल, दिपा महत, थानेश्वर अधिकारी, सुनिल घिमिरे, अस्मिता थापा, सरिता थारु लगायतले जिज्ञासा राखेका थिए ।
युथ च्याम्पियन राजेन्द्र खनालको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया