१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

“सांस्कृतिक तथा पर्यटकीय” राजधानी बजेटको व्यग्र प्रतिक्षामा छ !



मायादेवी अनलाइन, चारनम्बर ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले प्रदेश सरकारलाई बजेटबारे ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशको स्थायी राजधानी माग्दै आएको कपिलवस्तुले “सांस्कृतिक तथा पर्यटकीय” राजधानीको उपमा पाएको थियो ।

मुख्यमन्त्री शंकर पोख्रेललाई जसरी हुन्छ दाङ राजधानी बनाउनुपर्ने थियो । यस्तो बेला सांसदहरुको समर्थन जुटाउनका लागि कपिलवस्तुलाई “सांस्कृतिक तथा पर्यटकीय” राजधानी बनाउने गत बर्ष नै सरकारले घोषणा गरेको थियो ।

तर, आवश्यक बजेट कपिलवस्तुले पाउन सकेन् । नाम मात्रको “सांस्कृतिक तथा पर्यटकीय” राजधानी, बजेट सुको नहाल्ने सरकारको नियतबारे सरोकारवारलाले टिप्पणी गर्दै आएका छन् ।

यता प्रदेश सांसद पन्थीले उक्त कुराको स्मरण गराउँदै गत बर्ष “सांस्कृतिक तथा पर्यटकीय” राजधानी बनाउने कुरा सदनमा बोलेको भन्दै कति बजेट कपिलवस्तुले पाउन्छ आफुहरु व्यग्र प्रतिक्षामा रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमासांसद पन्थीले सरकारले आउँदो बजेटमा “सांस्कृतिक तथा पर्यटकीय” राजधानीलाई कसरी सम्बोधन गर्ला ? आम कपिलवस्तुबासी र जनप्रतिनिधि उत्सुकतासहित व्यग्र प्रतिक्षामा छौं, लेख्नुभएको छ ।

यस्तो छ सांसद पन्थीको स्टाटस
लुम्बिनी प्रदेशको राजधानी भालुबाङ्ग लाई संसद बाट पासहुनु पुर्व प्रदेश सरकारले प्राचीन कपिलवस्तु लाई “सांस्कृतिक तथा पर्यटकीय” राजधानी बनाउने निर्णय गरेको कुरा सदनमा प्रस्तुत गरेको थियो । अहिले बजेट ल्याउने बेलामा प्रदेश सरकारलाई म स्मरण गराउन चाहन्छु । आफ्नो उक्त निर्णयलाई कार्यान्वयन गर्न सरकारले आगामी आवको बजेटमा कसरी सम्बोधन गर्ला ? कपिलवस्तुका आम जनता र हामी जनप्रतिनिधिहरु उत्सुकतासहित ब्यग्र प्रतीक्षामा छौ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  ६ : ४३ बजे