१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सेयर बजारमा कीर्तिमानी कारोबार



काठमाडौं ।
सेयर बजारमा आज बिहीबार कीर्तिमानी रकमको कारोबार भएको छ। आज बजारमा १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएर रेकर्ड कायम भएको हो ।

खासगरी हाइड्रोपावर कम्पनीहरुको कारोबार धेरै भएको छ। कारोबार उच्च भए पनि नेप्से परिसूचक भने झिनो अंकले घटेको छ। सूचक १.२० अंकले घटेर २८१५.४० विन्दुमा अडिएको छ।

आज बजारमा २१५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अपि हाइड्रोपावर अग्रस्थानमा छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली र चिलिमे हाइड्रोपावर परेका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  ४ : ३१ बजे