बुटवल ।
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको कञ्चन गाउँपालिका–४ का एक व्यक्तिलाई पक्राउ गरेको छ ।
५३ वर्षीय ती व्यक्तिले बालिकालाई बयर खान दिने लोभ देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनको पाठेघरमा चोट लागेको चिकित्सकलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार जेठ ११ गते दिउँसो साढे एक बजे बालिकामाथि बलात्कार भएको थियो ।
प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले बालिकालाई बयर खान दिन्छु भन्दै फकाएर आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको उनले बताए । उनीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको थापाले जानकारी दिए ।
प्रतिक्रिया