१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विघटनसम्बन्धित १९ वटै रिट प्रधानन्यायधीश चोलेन्द्रको इजलासमा



काठमाण्डौँ ।

प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित परेका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्नै इजलासमा राखेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, दीपक राई, राजाराम घिमिरेलगायतले छुट्टाछुट्टै दायर गरेको रिटको आज पेसी हो ।

विघटनविरुद्ध परेका ३० मध्ये १९ वटाको सुनुवाइ आज हुँदैछ । बाँकी ११ भने शुक्रबार संवैधानिक इजलासमा पेस हुनेछन् ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  १० : ३९ बजे