१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एमालेको ओली पक्षले पठायो १२ नेतालाई स्पष्टीकरण पत्र



काठमाडौ ।
नेकपा एमालेको ओली पक्षले पार्टीका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ । संसद विघटनविरुद्ध उत्रदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेका थप १२ नेतालाई बुधवार स्पष्टीकरण पत्र पठाएको
पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार नेताहरुलाई स्पष्टीकरण बुझाउन २४ घण्टे अल्टिमेटम दिइएको छ ।

एमालेको ओली पक्षले घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण पत्र पठाएको हो ।

सोमबारको ओली पक्षीय स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जना सांसदलाई पार्टी सदस्यताबाट निश्कासन गरेको थियो । तर निश्कासन गरिएका भनिएका नेताहरुले भने ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको बताउदै आएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ५ : ३१ बजे