मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेका अनुसार कपिलवस्तु नगरपालिका— ५ र १२ का २ जना र शिवराज— ३ का एक पुरुषको मृत्यु भएको हो ।
यो संगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना पुष्टि भएसंगै सक्रिय संक्रमित ११५२ पुगेका छन् ।
प्रतिक्रिया