१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एमाले सुदूरपश्चिम संसदीय दलले केन्द्रको निर्णय मानेन



काठमाडौं ।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । बुधवार (आज) बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि केन्द्रमा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । केन्द्रको निर्णयलाई चुनौती दिँदै एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेसँगै माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारको सङ्कट टरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य रहेकोमा एमालेका २५ सांसद छन् जसमा खनाल–नेपाल समूहका सदस्यको बहुमत छ । यस्तै नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का दुई प्रदेश सभा सदस्य छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबन्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ३ : ०१ बजे