मायादेवी अनलाइन, चारनम्बर ।
गत बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका दिपक पाण्डेको निधन भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको क्रममा काठमाडौंमा निधन भएको स्रोतले जनाएको छ ।
भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य स्थिती जटिल बनेपछि सोमबार साँझ मात्र हेलिकप्टरबाट उहाँलाई काठमाडौं लगिए पनि बचाउन नसकिएको हो ।
यो पनि दिपक पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता समेत रहनुभएका पाण्डेमाथि तीन राउण्ड गोली लागेको थियो ।
पाण्डेलाई बचाउन सिंगो पार्टी, जिल्ला प्रशासन र चिकित्सक खटिएका थिए । अन्ततः पाण्डे जीवनबाट विदा हुनुभएको छ ।
यो पनि गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको अवस्था चिन्ताजनक
पाण्डे जिल्लाको होनहार राजनीति चेतना भएको युवा हुनुहुन्थ्यो । गत स्थानीय तहको निर्वाचनमा उहाँ कपिलवस्तु नगरपालिकाको मेयरमा पनि उठ्नुभएको थियो । मधेस आन्दोलनको समयमा मधेसी दलमा रहेर राजनीति गर्नुभएका पाण्डे पछिल्लो समय माओवादी केन्द्रमा सक्रिय हुनुहुन्थ्यो ।
गत पुस ५ गतेको संसद विघटन पश्चात भएको संर्घषमा पनि उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो भने संघर्षकै क्रममा १२ घण्टा प्रहरी हिरासतमा बस्नुभएको थियो ।
पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवाबाट तौलिहवा घर तर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए ।
यो पनि माओबादी केन्द्र कपिलवस्तुका नेता पाण्डेमाथि गोली प्रहार
गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का अभियुक्त फरार छन् । उनी को थिए प्रहरीले गोप्य राखेको छ ।
यो पनि कपिलवस्तुका माओवादी नेता पाण्डेलाई गोली प्रहार गर्ने २ आरोपित सार्वजनिक
पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
प्रतिक्रिया