१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दिपक पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो



मायादेवी अनलाइन, चारनम्बर ।

गत बुधबार राति गोली प्रहारबाट घाइते हुनुभएका नेकपा (माओबादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । सोमबार साँझपख पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको अवस्था चिन्ताजनक छ । भैरहवा मेडिकल कलेजमा उहाँले अहिलेसम्म उपचार भैरहेको थियो । उहाँलाई थप उपचारका लागि काठमाडौं पठाइएको नेताहरुले बताएका छन् । कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले पाण्डेलाई लिन हेलिकप्टर पठाएको थियो ।

पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवाबाट तौलिहवा घर तर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का अभियुक्त फरार छन् । उनी को थिए प्रहरीले गोप्य राखेको छ ।

पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

May be an image of one or more people, people standing and outdoors
May be an image of one or more people, people standing and outdoors
May be an image of one or more people and outdoors

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ६ : ३७ बजे