१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाँकेमा कोरोनाबाट थप पाँचको मृत्यु



बाँके ।
बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ। संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा तीन जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरी थप पाँचजनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए।

मृत्यु हुनेहरूमा ठाकुरबाबा नगरपालिका–३ बर्दियाका ४१ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ७१ वर्षीय पुरुष, लमही नगरपालिका–४ दाङका ४३ वर्षीय पुरुष, बासगढी नगरपालिका–६ बर्दियाका ५५ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५५ वर्षीय पुरुष छन्।

योसँगै जिल्लामा उपचारका लागि अन्य जिल्लाबाट आएका २४५ जनाको मृत्यु भएको छ। संक्रमणकै कारण बाँकेका २७३ जनाको समेत हालसम्म मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ११ : ०० बजे