कपिलवस्तु ।
जिल्लामा कोरोना संक्रमणले आइतबार ३ जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–११ का ३२ वर्षीय पुरुष र कपिलवस्तु नगरपालिका– ६ का ६२ वर्षीया महिलाको मृत्यु भएको छ । यी दुवैको सदरमुकामस्थित तौलिहवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै, मायादेवी गाउँपालिका–७ का ३४ वर्षीय पुरुषको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।
जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । यहाँ आइतबार १५४ जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमित बढेर १,५४० पुगेको छ ।
प्रतिक्रिया