१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

माधव नेपाल समूहका युवाद्वारा निर्वाचन आयोगमा नयाँ दल ‘नेकपा (एकिकृत)’ दर्ता !



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०क वरिष्ट नेता माधवकुमार नेपाल समूहका युवाहरूले नेकपा (एकिकृत) नामको नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्व नेता जीवन राईले नेकपा (एकिकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

राई नै अध्यक्ष भएर दर्ता गरिएको नयाँ पार्टीको चुनाव चिह्न कमल राखिएको अनेरास्ववियु स्रोतले जानकारी दिएको छ।

नेकपा एमालेका दुई समूहबीच चरम विवाद भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

राईका अनुसार जेठ ७ गतेनै दल दर्ताका लागि निवेदन दिएका थिए । दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउने उहाँले बताउनुभएको छ ।

नयाँ दल नेकपा (एकिकृत) मा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्षसहित २५ सदस्यीय कार्यसमिति रहेको बताइएको छ ।

शनिबार बसेको एमालेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको थियो । एमाले फुटको संघारमा पुगेका बेला निर्वाचन आयोगमा एमालेका युवा नेताले नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपूर्ण ठानिएको छ ।

आइतबार प्रकाशित एक दैनिक पत्रिकासँगको कुराकानीमा पनि वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने निर्णयमा पुगेको बताउनुभएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  ४ : ५४ बजे