मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा थप एक हप्ता लकडाउन थपिएको छ । पछिल्लो दोस्रो पटक थप गरिएको लकडाउन यही १० गते राति १२ बजे सकिदै थियो ।
तर, कोरोना भाइरसको संक्रमणदर नघटेको विश्लेषण गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) ले थप एक हप्ता लकडाउन थप गरेको हो ।
आइतबार तेस्रो पटकका लागि थप गरिएको लकडाउन जेष्ठ १७ गते राति १२ बजेसम्म हुनेछ ।अबको लकडाउन अहिलेको भन्दा थप कडा हुने डिसिसिएमसीले जनाएको छ ।
विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अति अत्याश्यकिय पसल सञ्चालन हुने छन् । निजी तथा सार्वजनिक यातायातका माध्यमलाई सञ्चालनमा रोक लगाइएको छ ।
निषेधाज्ञामा अनुमति नलिने सवारी साधनलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्र पाणी पान्डेयले बताउनुभयो ।
यता सबै किसिमका उद्योग, प्रतिष्ठान र निर्माण सम्बन्धी सबै कार्य गर्न पाइने छ भने बैंक तथा वित्तीय संस्थाहरुले विद्युतिय माध्यमको प्रयोग गरी सेवा दिनुपर्नेछ । भारतबाट जिल्ला प्रवेश गर्न सकिने विभिन्न नाका भएपनि कृष्णनगर नाका मात्र खुल्ला गरिएको छ ।
स्वास्थ्य, सुरक्षा, बन सुरक्षा, हुलाक, कुरियर, खानेपानी, विद्युत, टेलिकम, भन्सार, क्वारेनटाइन, फोहरमैला व्यवस्थापन, दमकल जस्ता अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा बन्द हुनेछन् ।
हाल कपिलवस्तुमा कुल सक्रमितको संख्या १३५२ पुगेको छ, भने मृतकको संख्या १५२ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया