१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एट्लेटिको मड्रिडलाई ला लिगाको उपाधि



एजेन्सी ।
एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।

भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो । ओस्कारले खेलको १८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५७ औं मिनेटमा कोरेयाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको ६७ औं मिनेटमा सुआरेजले एकल प्रयासमा गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।

यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो । रियल मड्रिडलाई २ अंकले पछि पार्दै एट्लेटिकोले उपाधि जितेको हो ।

दोस्रो स्थानको रियलले ८४ अंक जोड्यो । भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।

एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो । एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  ७ : ०७ बजे