कपिलवस्तु ।
जिल्लामा कोरोना भाइरस संक्रमणबाट शनिबार तीन जनाको मृत्यु भएकोछ । बुद्धभूमि नगरपालिका–८ का ४२ वर्षीय पुरुष र कपिलवस्तु नगरपालिका– २ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै, यशोधरा गाउँपालिका–४ का ५५ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । उनीहरुको सदरमुकामस्थित तौलिहवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५२ पुगेको छ । यहाँ शनिबार नयाँ ११ जना संक्रमित थपिएर सक्रिय संक्रमित एक हजार ३ सय ८६ पुगेको छ ।
प्रतिक्रिया