काठमाडौं ।
नेकपा एमालेकी सांसद तथा नेतृ रामकुमारी झाँक्रीले अहिले भएको कामलाई सत्ताको अपराधिकरण भनेकी छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेकी छन्– यो सत्ताको अपराधिकरण हो । यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव रु जनताले हिसाबकिताब त पक्कै राख्नेछन् ।”
उनले एउटा अँध्यारो युगको सुरुवात भएको पनि उल्लेख गरेकी छन् ।
“एउटा अँध्यारो युगको सुरुवात ! हामी अन्तिम समयसम्म संसद् जोगाउन चाहन्थ्यौँ । खराब नियतिका मान्छेहरुको षडयन्त्रको सामु केही लागेन । यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सयभन्दा बढीले ज्यान गुमाउनु परेको छ ।”
प्रतिक्रिया