१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

ओलीले एमाले स्थायी कमिटीको आकस्मिक बैठक डाके



काठमाडौं ।


प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको आकस्मिक बैठक डाकेका छन्‌।

प्रधानमन्त्री निवास बालुवाटारमै अपराह्न ४ बजे बस्नेगरी ओलीले बैठक डाकेका हुन्‌।

​बैठकमा माधकुमार नेपाल समूहका नेतारकार्यकर्तामाथि ओलीले कारबाही गर्नसक्ने आशंका गरिएको छ।

एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने बताएका छन्‌।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसअनुसार गएराति प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन मिति तोकेकी छिन्‌।

​नेपाल पक्षले भने संसद्‌ विघटन कदमको विरोध गर्दै विपक्षी दलहरूको गठबन्धनसँग मिलेर आगामी रणनीति बनाउन खोजेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  १२ : १३ बजे