१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

महामारीमा त अधर्म गर्न सक्ने देशघाती जोडी यत्तिमै रोकिने वाला छैनन्ः थापा



काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले महामारीमा त यस्तो अधम गर्न सक्ने ‘देशघाती जोडी’ यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेको धारणा यस्तो छ-

खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद विघटन,पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरी विघटन कस्तो सेटिङ प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो ।

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् ।

नेतागण नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  १० : ३४ बजे