११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नवलपरासीमा प्रहरीको गोली लागेका युवकको ज्यान गयो, अर्का एक जना घाइते



नवलपरासी ।

नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते हुनुभएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

गम्भीर घाइते उहाँलाई अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते हुनुभएको छ ।

सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ । घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८ बुधबार ००:००  १ : ०२ बजे