१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अक्सिजन प्लान्ट खोल्न तौलिहवा अस्पतालले पायो १ करोड ५० लाख बजेट



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसको दोस्रो लहरमा अक्सिजन नभएर हाहाकार मच्चिएको अवस्थामा केन्द्र सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्रालयले सोमवार १२ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट विस्तार र तनहुँको दमौली अस्पतालमा पाइप लाइन विस्तारका लागि कुल १६ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

जस मध्ये तौलिहवा अस्पताले पनि अक्सिजन प्लान्ट खोल्न १ करोड ५० लाख बजेट पाएको छ ।
जिल्लाबाट अक्सिजन प्लान्ट निर्माण गर्न प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ता र प्रदेश सांसद विष्णु पन्थीले आफु सक्दो पहल गरिरहनुभएको थियो ।

सरकारले बजेटको व्यवस्था गरेपछि अब तीव्र गतिमा काम गर्नुपर्ने बाध्यता आएको छ । बजेट अभावमा प्लान्ट खोल्न समस्या भएको बेला सरकारले बजेट विनियोजन गरेपछि सरोकारवालाले धन्यवाद दिएका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेलले सामाजिक सञ्जाल मार्फत जिल्लाको सदरमुकाममा रहेको तौलिहवा अस्पताललाई अक्सिजन प्लान्ट खोल्न प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री बृजेश कुमार गुप्तले पहल गरेको भन्दै धन्यवाद दिनुभएको छ ।

No description available.

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  ७ : ०७ बजे