१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘अक्सिजन अभावमा नागरिक मार्न पाइदैन’ !



मायादेवी अनलाइन, चारनम्बर ।
अक्सिजन अभावमा नागरिकले अकालमा ज्यान गुमाउन थालेपछि कपिलवस्तुका अधिकारकर्मीले सांकेतिक विरोध जनाएका छन् ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमणमा परेको कपिलवस्तुमा प्रयाप्त अक्सिजन नहुँदा सर्वसाधारणले ज्यान गुमाउन बाध्य छन् ।

अक्सिजन अभावमा नागरिक मार्न पाइदैंन लेखेको प्ले कार्ड बोकेर माहुरी होम कपिलवस्तुका अध्यक्ष रवि ठाकुर लगायतका अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी उभिएर ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले सरकारले यो बेला सर्वसाधारणको ज्यान बचाउने बाहेक अरु सोच्न नहुने भन्दै तत्काल प्रयाप्त अक्सिजन व्यवस्था गर्न माग गरेका छन । प्ले कार्डमा तत्काल कोरोना खोप व्यवस्था गर, स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर, कपिलवस्तुमा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर लगाएका नारा लेखिएको थियो ।

No description available.

सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा अहिले दजनौं कोरोना संक्रमितले उपचार गरिरहेका छन् । प्रयाप्त भौतिक संरचना नहुँदा विरामीको उपचारमा कठिनाई त भएकै छ । अक्सिजनको अभावले झन विकराल रुप लिइरहेको छ ।

जिल्लामा मंगलबार मात्र एक १८ बर्षीय किशोरसहित ५ जनाले ज्यान गुमाएका छन् । केहीँ दिन अगाडी अक्सिजनको हाहाकार मच्चिएको जिल्लामा अहिले पनि उस्तै समस्या छ ।

यो पनि पढ्नुहोस

१८ बर्षीय किशोरसहित कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : ४२ बजे