११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाउन अस्वीकार



बुटवल ।
लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गर्नुभएको छ । प्रदेश सभाको अधिवेशन सम्बन्धमा मंगलवार धारणा सार्वजनिक गर्दै प्रदेश प्रमुख यादवले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताउनुभएको हो ।

प्रमुख यादवको पत्रमा भनिएको छ–नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउन मिति २०७८/१/२६ गते प्रदेश सभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु ।

प्रदेशका प्रतिपक्षी दलहरूले मुख्यमन्त्रीविरुद्ध अविश्‍वासको प्रस्ताव पेस गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेको थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  ४ : ४४ बजे