११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पहुँचको आधारमा स्वास्थ्य सामग्रीको वितरण भ्रष्टाचार होः वर्षमान पुन



काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पहुँचका आधारमा नभएर प्राथमिकताका आधारमा स्वास्थ्य सामग्री वितरण गरिनुपर्ने बताएका छन् । चीनबाट प्राप्त अक्सिजन सिलिण्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु भ्रष्टाचार भएको उनले बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत् पुनले पहुँचको आधारमा सिलिण्डर वितरण बारे छानविन गर्न माग गरेका छन् । ‘चीनबाट प्राप्त लिसिण्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दुरुपयोग एवं भ्रष्टाचार हो’, उनले लेखेका छन् । सिलिण्डर बितरणको विवरण सार्वजनिक गर्न उनले माग राखेका छन् । ‘‘सरकार सिलिण्डर कहाँ, कसरी वितरण गरियो रु सार्वजनिक गरियोस् । प्राथमिकता निर्धारण गरी वितरण गरियोस् न कि पहुँचको आधारमा,’ पुनले लेखेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  ४ : ३१ बजे