काठमाण्डौँ ।
दुई दिनपछि हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ुबादलु नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका छन्।नेपाललाई भेट्न बादल मंगलबार दिउँसो कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन्।
उनीहरूबीच अहिले कुराकानी भइरहेको बादलका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।जेठ ६ मा बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको सहयोग र समर्थनमा नेता नेपालनिकटका खिमलाल देवकोटा पनि उम्मेदवार छन्।
एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवाद उत्कर्षमा पुगेका बेला नेपाल समूहले देवकोटालाई उम्मेदवार बनाएको थियो। पछिल्लो समय ओली र नेपालबीच पार्टीलाई एक बनाएर लैजाने विषयमा सहमति भएको छ र त्यसका लागि उनीहरूले कार्यदल पनि बनाएका छन्।
यसैबीच एमाले महासचिव ईश्वर पोखरेलले बादललाई मत हाल्न पार्टीको तर्फबाट बागमती प्रदेश जनप्रतिनिधि ९स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सांसद० लाई ह्वीप जारी गरेका छन्।
२०७४ सालमा माओवादी केन्द्रबाट निर्वाचित भएका बादललाई पछिल्लो समय पार्टी छोडेर एमालेमा प्रवेश गरेपछि माओवादीले सांसदबाट हटाएको थियो। उनलाई हटाएपछि खाली भएको पदमै बिहीबार उपनिर्वाचन हुन लागेको हो।
माओवादी केन्द्रले भने सोमबार विज्ञप्ति निकालेर बादल प्रतिगमनको मतियार र संघीयताविरोधी देखिएकाले संघीयता विज्ञ देवकोटालाई मत दिन ह्वीप जारी गरेको छ। देवकोटाले केन्द्रमा जे(जस्तो निर्णय भए पनि आफूले उम्मेदवारी फिर्ता नलिने बताएका थिए।
प्रतिक्रिया