चेतन विष्ट, चारनम्बर ।
कोरोना संक्रमितको उपचारको लागि कपिलवस्तुको बाणगंगा नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लाइन्स क्लब अफ कपिलवस्तु, लाइन्स क्लब अफ बाणगंगा र कपिलवस्तु जेसिसको सहयोगमा मंगलबार जेसिसको भवन बैरीयामा भएको रक्तदानबाट ५१ युनिट रगत संकलन भएको हो ।
रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा सम्पन्न रक्तदानमा चेतनशील प्रतिस्ठान कपिलवस्तु , सिद्धीपुर युथ क्लब तथा नभप्रभात युवा क्लब,मनको साथी प्रतिष्ठान लगायतले सहभागिता जनाएका कार्यक्रम संयोजक तथा कपिलवस्तु जेसिजका कार्यकारिणी उपाध्यक्ष प्रबिन पौडेलले जानकारी दिनुभयो ।
रगत अभावमा कुनै संक्रमितको ज्यान नजाओस् भनेर सो मानवीय काम गरेकोे लायन्स क्लब अफ बाडगङ्गाका सदस्य संयोजक खिमानन्द पौडेलको भनाई छ । महामारीको परिस्थितिलाई मध्यनजर गर्दै सम्पुर्ण स्वास्थ मापदण्ड पालना रक्तदान गरिएको लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेको भनाई छ ।
विषम परिस्थितिमा पनि अधिकांस युवाहरुले रक्त दानमा उत्साहजनक सहभागिता जनाएकोमा लायन्स क्लब अफ बाडगङाका अध्यक्ष रमेश चन्द्र भुसालले धन्यबाद दिनुभयो । यी संस्थाहरुको नेतृत्वमा नै बाडगङ्गामा अक्सिजन बैंक पनि संचालन भएको छ । काभिडको दोस्रो लहरसङ्गै विभिन्न सचेतनामुलक कार्यक्रम गरिरहेका ती संस्थाले भोलिका दिनमा पनि हरु काम गर्ने जनाएका छन् ।
प्रतिक्रिया