११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोरोना संक्रमणबाट उपमेयर चौधरीको मृत्यु, उनी गर्भवती थिइन्



सप्तरी ।

कोरोना संक्रमणबाट सप्तरीमा एकजना उपमेयरको मृत्यु भएको छ । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको मृत्यु भएको हो । मृतक उपमेयरका चौधरीका श्रीमान् र ७ वर्षका एक छोरा छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  १० : २९ बजे