११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेपालको मौसममा ‘ताउ-ते’को प्रभाव, केही स्थानमा बर्षाको सम्भावना



काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र देशका पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । उच्च हिमाली तथा पहाडी भू-भागका केही स्थानमा हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-ते को प्रभाव रहेको छ ।

भोलि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थाना वर्षा हुन सक्ने छ । उच्च हिमाली भू-भागका केही स्थानमा हिमपात र वर्षा हुन सक्ने छ ।

त्यस्तै बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी हिमपात हुने छ । महाशाखाका अनुसार बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वनुमान छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  ७ : ३९ बजे