काठमाडौं ।
भारतको महाराष्ट्रको राजधानी मुम्बईमा चक्रवाती तुफान ‘ताउते’ को असर देखिएको छ । महानगरमा सोमबार बिहान तीव्रगतिमा हावाका साथै पानी परेको थियो ।
तीव्रगतिको हावाका कारण थुप्रै ठाउँमा ठूला-ठूला रुख ढलेका थिए । जसले गर्दा सवारी सधानमा क्षति पुगेको थियो । चक्रवतको तीव्रतालाई लिएर सोमबार साँझ ६ बजेसम्मका लागि एयरपोर्ट बन्द गरिएको थियो ।
भारत मौसम विज्ञान विभाग (आईएमडी) ले रायगढ, पालघर, मुम्बई ठाणे र रत्नागिरी जिल्लामा हावाको बेग प्रति घन्टा ९० देखि १०० किटोमिटरको बेगमा चलेको बताएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार रत्नागिरी, सिन्धुदुर्ग र रायगढ जिल्लाका तटिय क्षेत्रका १२ हजार ४२० जनालाई सुरक्षित स्थानमा लगिएको थियो ।
भारतीय मौसम विज्ञान विभाग पुणेका पर्यावरण अनुसन्धान र सेवा एसआईडी प्रमुख के एस होसालिलकरले ट्वीटरमा ताउते चक्रवत निकै तीव्र गतिमा रहेको बताएका थिए । उनले मुम्बईमा प्रतिघन्टा १६० किलोमिटर, गुजरातमा २९० किलोमिटर रफ्तारमा रहेको बताएका थिए ।
अमर उजालाबाट
प्रतिक्रिया