मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमणले सोमबार ५ जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ३ जना रहेका छन् ।
६० वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–३ की २५ वर्षीया गर्भवती महिलाको मृत्युको भएको छ । यी चारै जनाको तौलीहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, शिवराज नगरपालिका–३ का २७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।
जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ । यहाँ सक्रिय संक्रमित बढेर १,२४१ पुगेको छ ।
प्रतिक्रिया