११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

लिडो संस्थाद्धारा कपिलवस्तु अस्पताललाई ५ लाख सहयोग



मणि प्रसाद गैेह्रे, कपिलवस्तु ।

लुम्विनी एकिकृत विकास संस्था (लिडो नेपाल) संस्था द्धारा कपिलवस्तु अस्पताललाई ५ लाख रुपैया रकम हस्तान्तरण गरिएको छ । संस्थाका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य अतहर कमालले कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्न डा.किशोर बन्जाडे र व्यवस्थापक रत्नाकर शुक्लालाई ५ लाखको चेक हस्तान्तरण गरिएको हो । करात च्यारिटी र लिडो सहयोगमा उक्त रकम सहयोग गरिएको हो ।

कोभिड विरामीको उपचार खर्च तथा अक्सिजन व्यवस्थापनको सहजताको लागि रकम दिइएको अध्यक्ष कमालले बताउनुभयो । सरकारबाट अस्पताल व्यवस्थापन तथा उपचारमा उदासिनता देखिन लागेपछि सामाजिक संस्था र व्यक्तिगत रुपमा नै अस्पताललाई सहयोग गरि विरामीको ज्यान जोगाउने क्रम चलेको समेत अध्यक्ष कमालले बताउनुभयो ।

विभिन्न स्थानीय तह, सामाजिक संस्था तथा सारेकारवालाको सहयोगमा कोभिडका बिारीको उपचारमा सहजता तथा स्रोत व्यवस्थापन गर्न केही हदसम्म सहजता भएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डन डा. किशोर बन्जाडेले बताउनुभयो ।

चेक हस्तानतरण समारोहमा संंस्थाकी कार्यक्रम संयोजक सुनिता बेल्वासे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८ सोमबार ००:००  ५ : ४३ बजे