काठमाडौं ।
देशभर कोरोना संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कूल संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २२ हजार ८७ जनाको परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।
२१ हजार ६ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार १ सय ९८ र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
अब सक्रिय संक्रमित १ लाख १३ हजार ४ सय ८० पुगेका छन्। जसमध्ये १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार १ हजार २ सय ५९ जना आइसियु र ४ सय जना भेन्टिलेटरमा उपचाररत छन्।
गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो केही दिनयता संक्रमण र मृत्युदर घट्दै गएकोमा परीक्षण थोरै बढाउने वित्तिकै संक्रमण र मृत्युदर दुवै उकालो लागेको हो।
गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया