एजेन्सी ।
बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ ।आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो ।खेलमा अग्रता बार्सिलोनाले २८ औं मिनेटमा लियोनल मेस्सीको हेड गोलमार्फत लिएको थियो ।सर्जियो बुस्केट्सको क्रसमा मेस्सीले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसको १० मिनेटमा सेल्टा डी भिगोले बराबरी गोल फर्कायो । सान्टी मिनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ उनै मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।पछिल्लो नतिजाले बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो ।लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया