मायादेवी अनलाइन, जितपुर ।
पछिल्लो २४ घण्टामा कपिलवस्तुमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार थप १०२ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी सोही अवधिमा ६२ जनाले कोरोना जितेका छन् भने ४ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु हुनेहरुमा कपिलवस्तु नगरपालिकाका ३ र शिवराज नगरपालिकाका १ जना रहेको फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या १४७५ रहेको छ भने अहिलेसम्म १२५ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया