११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

धार्मिक परम्परा अनुसार कोरोना संक्रमितको शव सदगद गर्न कपिलवस्तु नगरपालिकाले मिलायो प्रबन्ध



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले मृत्यु भएका कोरोना संक्रमितको शवको धार्मिक परम्परा अनुसार निःशुल्क सदगदको ब्यवस्था मिलाएको छ ।

यस अघि नै नगरपालिकाले मृत्यु भएका कोरोना संक्रमितको शव ब्यवस्थापन निःशुल्क रुपमै गर्दै आएको छ । अस्पतालबाट शवलाई घाटसम्म लैजाने र चिहान बनाई जलाएर सदगद गर्नेसम्मको निःशुल्क प्रबन्ध मिलाइएको मेयर किरण सिंहले बताए ।

घाटमा शवलाई गाड्ने ठाउँको अभाव हुने र बाढी आए पछि शवलाई बगाउदा नदी समेत दुषित हुने भएकाले धार्मिक परम्पार अन्ुसार सदगदको प्रबन्ध मिलाईएको उनले बताए ।

शवलाई अस्पताल देखि रामघाटसम्म लैजाने र रामघाटमा चिहान बनाई जलाउने सम्मको प्रबन्ध मिलाइएको उनले बताए । मृतक कोरोना संक्रमितको शवलाई सुरक्षित तरिकाले घाटमा लाने, मृतक परिवारलाई सुरक्षित राख्न आवश्यक पिपिई समेत नगरपालिकाले दिने छ ।

चिहान बनाउने र आवश्यक दाउरा समेत निःशुल्क उपलब्ध गराईने छ । शवको ब्यवस्थापनका लागि नगरपालिकाको स्वास्थ्य संयोजक उमेश गुप्तालाई फोकल पर्सन तोकिएको छ ।

यस्तै चिहान बनाउनका लागि रामजानकी मन्दिरका पूर्व अध्यक्ष कमलेश शुक्लालाई जिम्मेवारी दिइएको छ । जलाउनका लागि चाहिने दाउराका लागि स्थानीय समाजसेबी अर्जुन बर्माले २ ट्याक्टर र इन्जीनीयर राजेश सैनीले एक ट्याक्टर दाउरा उपलब्ध गराएका छन ।

शवलाई जलाउनका लागि चाहिने दाउराको ब्यवस्थापन गर्न सहयोग गर्न अपील गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८ आइतबार ००:००  ४ : ०२ बजे