११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

भारतमा कोरोनाको संक्रमणदर घट्यो, मृत्युदर भने उस्तै



काठमाडौँ ।
दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ८९ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख २३ हजार ७०८ छ ।

यस्तै त्यहाँ एकैदिन ४ हजार ९० संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७० हजार ३१९ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८ आइतबार ००:००  ७ : १४ बजे