एजेन्सी ।
जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा बायर्न फ्रेईवर्गसँग २-२ गोलको बराबरीमा रोकिएको हो । फ्रेईवर्गको मैदानमा २६ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
यससँगै लेवान्डोस्कीले जारी सिजन ४० औं गोल पूरा गरेका छन् । उनले २८ लिग खेलमा ४० गोल पूरा गरेका हुन् ।लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक ४० गोल गर्ने बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमानसँग समेत बराबरी गरेका छन् ।
मुलरले सन् १९७१र७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।तर, खेलको २९ औं मिनेटमा म्यानुएल गुल्डेले गोल गर्दै फ्रेईवर्गलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५३ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई २(१ को अग्रता दिलाए ।तर, खेलको ८१ औं मिनेटमा फ्रेईवर्गका क्रिस्टियनले गोल गरेपछि बायर्न २-२ को बराबरीमा रोकियो।यस बराबरीसँगै शीर्ष स्थानको बायर्नले ३३ खेलमा ७५ अंक जोडेको छ । बायर्न यस अघि च्याम्पियन बनिसकेको छ । फ्रेईवर्ग ४५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया