११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाँकेः दुई घण्टामा अन्तरालमा पाँच संक्रमितको मृत्यु



काठमाडौं ।
बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५ जना संक्रमितको मृत्यु भएको हो ।

ओलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार बिहान १०ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका–२ की ५३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहान १०ः३० बजे नै मृत्यु भएको उनले बताए । उनीमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी कोहलपुर नगरपालकिा–२ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।

बर्दियाको बासगढी नगरपालिका–५ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ११ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

सल्यानको सिद्ध कुमाख–४ की ४० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार दिउँसो १२ः४० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  ४ : ०४ बजे