११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

गृह र अर्थमा बादल र पौडेलको निरन्तरता, अरु मन्त्रीबारे ओली अहिले छलफलमा



काठमाण्डौँ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाएका छन्।तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लागेका ओलीले क(कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल गर्न लागेको स्रोत बताउँछ।

ओली बिहीबार प्रधानमन्त्रीमा पुनस् नियुक्त भएका थिए। आज राष्ट्रपति निवासमा ओलीले प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम छ।

आजै ओलीले सानो आकारमा मन्त्रिपरिषद बनाउने भएका छन्। प्रधानमन्त्रीमा ओलीले सपथ लिएसँगै मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी छ।

त्यसैका लागि ओलीले बालुवाटारमा नेताहरूसँग परामर्श गर्न लागेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए। ‘उहाँले एक्लै सपथ लिने कुरै हुँदैन। आज सानो आकारमा मात्रै मन्त्री बनाउनु हुन्छ होला,’ उनले भने, ‘कसलाई मन्त्री बनाउने भन्नेबारे उहाँले अहिले छलफल गर्दै हुनुहुन्छ। केही साथीहरूको नाम उहाँले सोचिराख्नुभएकै होला’ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिन्छन् कि नयाँ नियुक्त गर्छन् भन्नेबारे अहिले टुंगो लागिसकेको छैन।

गृहमन्त्री र अर्थमन्त्री पुरानै र अन्य फेरबदल हुन सक्ने बताइन्छ । त्यो हुँदा राम बहादुर थापा बादल गृहमन्त्री हुने छन् भने विष्णु पौडेल अर्थमन्त्री बन्ने छन् ।यस्तै माधव नेपाल लाइनबाट पनि केही नेता मन्त्री बन्न लागेको बताइएको छ । नयाँ मन्त्रीबारे नेपालले भने अहिलेसम्म केही भनेका छैनन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  १० : १४ बजे