१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

ठोस प्रस्तावविनाको संवादको अर्थ छैन, एक मात्र विकल्प विद्रोह होः रामकुमारी झाँक्री



काठमाडौं ।
एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले ठोस प्रस्तावविनाको संवादको अर्थ नरहेको बताएकी छिन् ।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको वेला झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘ठोस प्रस्ताव र लिखित सहमतिविना अलमलमा पर्नुहुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदै छ । ठोस प्रस्तावविनाको संवादको अर्थ छैन । जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्छ । सचेत बनौँ ।’

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  ४ : ४४ बजे