१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

केपी ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्छ: भीम रावल



काठमाडौं ।
नेकपा एमालेका नेता भीम रावलले राजीनामा दिएर जानुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गरेका उनले राजीनामा दिने संकेत गरेका छन् ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन् ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

रावलसहित नेता माधव नेपाल पक्षका २८ सांसदले गत सोमबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिएनन् । उनीहरू उक्त दिन प्रतिनिधि सभामै अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  ६ : २३ बजे