१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कपिलवस्तुमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय पुग्यो, एकैदिन ८ संक्रमितको निधन



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको एक सय पुगेकोे छ । पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएसंगै मृतकको संख्या १ सय पुगेको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङक अनुसार पछिल्लो २ दिनमा मात्र १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हिजो (मंगलबार) एकैदिन ७ जनाको मृत्यु भयो भने आज (बुधबार) थप ८ जनाको ज्यान गएको हो ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने मध्ये शिवराज नगरपालिकाका मात्रै ३ जना रहेको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो ।

यस्तै बुद्धभूमि नगरपालिकाका एक जना, कपिलवस्तु नगरपालिकाका थप एक जनाको कोरोना संक्रमणले मृत्यु भएको घिमिरेले बताउनुभयो । अन्यको तथ्याङ्क संकलन भैरहेको उहाँले बताउनुभयो ।

यस्तै जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टिएको छ भने आजै ७६ संक्रमित कोरोनामुक्त भएका छन् ।

यससंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ । कोरोना संक्रमणदर बृद्धि भएसंगै जिल्लामा थप १० दिन बन्दाबन्दी लम्बाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  ६ : १९ बजे