काठमाडौं ।
लुम्बिनी प्रदेशमा जेठ १७ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका लागि दाङको घोराही तोकिएको छ । निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचन केन्द्र तोकिएको जानकारी दिएको हो ।
दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्र, दाङलाई मतदानस्थल तोकिएको हो । उक्त मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको लागि केन्द्र (ख) मतदान केन्द्र तोकिएको छ ।
‘लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ७९ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ जना गरी जम्मा २९६ जना मतदाता रहेका छन् ।
लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ जना मतदाता रहेकोमा हाल विभिन्न कारणले प्रदेश सभा सदस्य ८ र स्थानीय तहका सदस्य १ गरी जम्मा ९ जना मतदाता रिक्त रहेको छ’, आयोगको भनाइ छ।
यसैगरी आज निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रतिक्रिया