१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बुटवलका अस्पतालमा अक्सिजनको चरम अभाव, थप ६ संक्रमितको मृत्यु



रुपन्देही ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डा। राजेन्द्र खनालले अक्सिजनको चरम अभाव भएको बताए । ‘दैनिक आपूर्ति हुने करिब २५० सिलिन्डर हो , खपत झन्डै ४ सय सिलिन्डर हुन्छ’ उनले भने, ‘अक्सिजनको चरम अभाव भएको छ ।’

यसैबीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसमध्ये रुपन्देहीका मात्र ५ जना रहेका छन् । मृतक एकजना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए। गएरातिबाट आज बिहानसम्म गरी थप ६ संक्रमितको मृत्यु भएको उनले जानकारी दिए ।

मृत्यु हुनेमा ५ जना पुरुष र एक महिला रहेका छन्। मृत्यु हुनेहरुमा ५७ , ७०, ३५, ३८, ४४ र ५२ वर्षका रहेको गौतमले बताए । उनीहरूमध्ये ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा र एक जना एचडीयूमा भर्ना भएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  ३ : ३७ बजे