१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाँकेमा कोरोना मृत्युदर बढ्दै, थप १२ को मृत्यु



नेपालगन्ज ।
बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ की ४७ बर्षीया महिला, बनगाड कुपिण्डे ६ सल्यानका ५० बर्षीय पुरुष, नेपालगन्ज १६ बाँकेकी ४९ बर्षीया महिला, नेपालगन्ज ५ बाँकेका ४४ बर्षीय पुरुष, मधु वन ६ बर्दियाका ५५ वर्षीय पुरुष र बढैया ताल बर्दियाका ६५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए।

त्यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत घोडाघोडी नगरपालिका १ कैलालीका ६० बर्षीय पुरुष, कोहलपुर २ बाँकेकी ३० बर्षीया महिला र कोहलपुर १० बाँकेकी ४५ बर्षीया महिलाको मृत्यु भएको छ ।

यसै गरी नेपालगन्ज मेडिकल कलेजमै उपचाररत कोहलपुर ११ का ४१ बर्षीय पुरुष र कोहलपुर १४ कै ६४ बर्षीया महिलाको मृत्यु भएको छ भने दाङको तुलसीपुरका ६६ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  ३ : १२ बजे