काठमाण्डौ ।
नेकपा एमालेको खनाल नेपाल समूहका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवलाई नेपाललाई गाली गरेर बाँकी रहेको पार्टी विभाजन गर्न लागिएको आरोप लगाउनुभएको छ । बुधवार फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेर पाप ढाक्ने प्रयास भएको र अहिले झलनाथ र माधवलाई गाली गरेर बाँकी रहेको एमाले विभाजन गर्न लागिएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।
नेता भुसालले आज आफूहरूविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर आफूहरूसँग बदला लिन कस्सिएको बताउनुभएको छ । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको बताउँदै उहाँले भन्नुभएको छ, ‘तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’
प्रतिक्रिया