१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

माओवादी र जसपाको साथ लिएर सरकार बनाउने कांग्रेसको निर्णय



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ । त्यसको लागि माओवादी केन्द्रले समर्थन गरिसकेको र जसपाले पनि अन्तिममा सहयोग गर्ने कांग्रेस नेताहरुले विश्वास लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्मको धारा ७६ को २ अनुसार सरकार गठनको लागि दलहरुलाई आह्वान गरेको भोलिपल्टै कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनेबारे निर्णय लिएको हो ।

सभापति देउवाको नेतृत्वमा सरकार बनाउनको लागि तोकिएको समयसिमाभित्र बहुमत पुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जनाए । उनले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि समयमै एउटा निकास दिने विश्वास पार्टीले लिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  ६ : ०१ बजे